नियम २७
न्युनतम बोलपत्र अङ्क कायम गर्ने
नियम २४ बमोजिम लिलाम बढाबढको माध्यमबाट सम्पत्ति बिक्री गरिने सेवा प्रदायकको सम्पत्ति र दायित्व नियम २६ बमोजिम यकीन गर्दा सम्पत्ति भन्दा दायित्व कम भएमा त्यस्तो सेवा प्रदायकको नियम ११ बमोजिम मूल्य निर्धारण गरी सो मूल्यलाई र सम्पत्तिभन्दा दायित्व बढी भएको सेवा प्रदायकको हकमा क्ल दायित्वलाई न्यूनतम बोलपत्र अङ्क कायम गरिनेछ।